रवि लामिछानेले आज नागरिकता लिने

Machchapuchchre

अर्थ राजनीति  ~   अन्ततः अनागरिक रवि लामिछानेले आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाने भएका छन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज उनले नागरिकता लिने तयारी गरेका छन् । अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट लामिछानेको संसद र मन्त्री पद गुमेको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संबैधानिक इजलासका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले लामिछानेविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुने ठहर गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्