लकडाउन प्रभाव – अबकाे एक साता सुनचाँदीको भाउ समेत नतोकिने

काठमाडौं । लकडाउनका कारण सुनचाँदीको बजार भाउ तोक्ने कार्य एक साताका लागि स्थगन भएको छ । लकडाउनका कारण अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले सरकारको लक डाउन नीतिलाई सघाउन सबै व्यवसाय बन्द गरेको पनि व्यावसायिक मणिकरत्न शाक्यले बताए । सोमबार छापावाल सुन ७७ […]

कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित, ८ अर्बको कारोबार

काठमाडौं । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्‍यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १२२ कित्ता शेयर रु आठ करोड २६ लाख ९५ […]

पैसाबाट कोरोना सर्ने डरले डिजिटल कारोबार नि:शुल्क गरिदै

अर्थ राजनीति ।  कोरोनको संक्रमणको त्रासले गर्दा डिजिटल बैंकिंग कारोबार निशुल्क हुने भएको छ ।  पैसाबाट कोरोना भाइरस सर्न हुदा र जिखिम बढ्ने सम्भाबना भएपछी डिजिटल माध्यमबाट हुने कारोबार निशुल्क बनाउन लागिएको जानकारी छ ।  डिजिटल बैंकिंग कारोबारलाई निशुल्क गर्नका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गर्ने भएको छ । संघको प्रस्तावलाई कार्यान्वयन […]

६ महिनाकाे अवधिमा ६.८७ प्रतिशतले बढ्याे बजार भाउ

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा बजार भाउ (मूल्यवृद्धिदर) ६.८७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २.५२ प्रतिशत विन्दुले बढी हो । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धिदर ४.३५ प्रतिशत थियो । गत माघसम्मको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ६.८७ प्रतिशत हो । गएको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर […]

एकै दिन तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य, ७५ हजार ५ सयमा कारेबार हुँदै

काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य तोलमा २ हजार रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ हजार रुपैयाँले घटेर ७५ हजार ५ सय कायम भएको छ । यस्तै, सोमबार प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको […]

माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, सन्तोष कोइराला कामु सिइओ

अर्थ राजनीति । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्मा बाहिरिएका छन् । शर्मा फागुन मसान्तबाट औपचारिक रूपमा बाहिरिने छन् । कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले पाएका छन् । माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा थिए । त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए । शर्मालाई चार […]

गुड्विल फाइनान्स लिमीटेडको ऋणपत्र बिक्री खुला

अर्थ राजनीति । गुड्विल फाइनान्स लिमीटेडले रु. २५ करोड रुपैयाँबराबरको ऋणपत्र आज बिक्री खुला गरेको छ । वार्षिक १२ प्रतिशत ब्याज पाइने ७ वर्षे अवधिको डिवेञ्चर–२०८३ का इकाइ बिक्री खुला गरिएको हो । ऋणपत्रका इकाइहरुमा छिटोमा चैत २ गतेभित्र र ढिलोमा चैत १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । एनआइबिएल एस क्यापिटल लिमीटेडले ऋणपत्रको निष्कासन तथा बिक्री […]

इतिहासकै महङ्गो भयो फेरि सुनको मूल्य, अब तोलालाई कति ?

काठमाडौं । सुनको मूल्य पुनः उकालो लागेको छ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार ८२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ८२ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार […]

कोरोना भाइरसका कारण तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा व्यापक असर

एजेनसी । कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ । यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत […]

कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै ‘इरान एयर’द्वारा यूरोपियन मुलुकको उडानमा रोक

इरान । इरानी वायुसेवा प्रदायक ‘इरान एयर’ले अर्को सूचना नहुँदासम्मका लागि यूरोपका लागि उडानहरू नगर्ने घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त निर्णय लिएपनि यो सङ्क्रमण नियन्त्रणका लागि चालिएको कदम भने नभएको बताइएको छ। कोरोना सङ्क्रमणका कारण इरानमा आइतबारसम्म कम्तीमा १ सय ९४ व्यक्तिको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि […]