अर्थ राजनीति ~ आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँ प्रतितोला पुगेको छ । गत शुक्रबार पनि अघिल्लो दिनका तुलनामा तोलामा ८ सय रुपैयाँ बढेको थियो। उक्त दिन ९४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । एक सातामा सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।
आइतबार सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ प्रतितोला
