शनिवार ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार अहिलेसम्मकै धेरै पाँच हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गरिएको थियो । त्यसमा १८२३ महिला र ३१८५ पुरुष गरी ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्