भरतपुर२०का वडाध्यक्ष मणिलालको कोरोना संक्रमणबाट मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ कोभिड १९ को  संक्रमणबाट भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । उनले असोज १४ गते पीसीआर परीक्षण गरेका र १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उनलाई भरतपुरकै पुष्पाजली अस्पतालमा तीन दिन उपचार गरेर डिस्चार्ज गरिएको थियाे । डिस्चार्ज भए पछि उनलाई फेरी स्वास्थ्यमा समस्या आए पछि भरतपुर् अस्पतालमा लागिएको थियो र आज बिहान उनको निधन भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्