पुस मसान्तसम्म विधुतीय माध्यमबाट राजश्व तिर्दा पैसा नलाग्ने

Machchapuchchre

अर्थ राजनीति ~

कोरोनाको असर दिन प्रति  दिन बढ्दै गएको कारण अब घरमै बसी बसी वालेटबाट सरकारी राजश्व तिर्न सकिने भएको छ । विधुतीय मध्यमबाट अब  सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने नेपाल रास्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा ग्रहाकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने गरी निर्देशन दिइएको जानकारी दिए । भुक्तानी सेवा प्रदायकले कारोबार हेरेर ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर कोरोना महामारीको अवस्था रहेको भन्दै पुस मसान्त सम्म मात्र राजश्व तिर्दा शुल्क नलाग्ने रास्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्