कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउनुपर्ने माग गर्दै राष्ट्र बैंकमा ज्ञापनपत्र
अर्थ राजनीति ~ संस्थागत निक्षेपको ब्याजदरलाई ६ प्रतिशतमा ल्याएर कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउनुपर्नेसहितका बिभिन्न माग राख्दै विराटनगरका उद्योगीव्यवसायीले राष्ट्रबैंकलाई ज्ञापनपत्र बुझाएका छन्। मोरङ व्यापार संघको नेतृत्वमा राष्ट्रबैंकको विराटनगर कार्यालय पुगेका व्यवसायीहरुको तर्फबाट अध्यक्ष नवीन रिजालले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउन जाँदा व्यवसायी र राष्ट्र बैंकको शाखाको गेटमा तैनाथ सुरक्षाकर्मीबीच मंगलबार ठेलमठेल भएको छ। व्यवसायीहरू […]
