तेस्रो त्रैमासिकका अधिकांश सूचकहरूमा एनआईसी एसियाको छलाङ

Machchapuchchre

अर्थ राजनीति  ~  आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा विभिन्न सूचकांकमा एनआई्सी एसिया बैक शीर्ष पोजिसनमा रहन सफल भएको छ ।  बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थानमा रहेको यस बैंक चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रयमासमा कर्जा विस्तार, निक्षेप सङ्कलन, प्रति शेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक सङ्ख्या, शाखा सङ्ख्या, विस्तारित काउन्टर सङ्ख्या, एटिएम सङ्ख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था तथा कर्मचारी बोनस अघिको) मा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (ग्राहक सङ्ख्यामा निजी बैंकहरुमा पहिलो) ओगट्न सफल भएको हो । बैंकले आ.व. २०७८/७९ को तेस्रो त्रयमाससम्ममा कुल कर्जा प्रवाह २७४.७४ अर्ब रुपैयाँ पुर्‍याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप सङ्कलन ३०२.८१ अर्ब रुपैयाँ पुर्‍याएको छ । बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ ३.६० अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ४१.९४ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा उच्च रहेको छ र यस वर्ष निरन्तर रूपमा हरेक त्रयमासमा नतिजा हासिल गर्न सफल भएको छ । पाँच वर्षको अवधिमा बैंकको कुल कर्जा, निक्षेप सङ्कलन, प्रतिशेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, शाखा सङ्ख्या, विस्तारित काउन्टर सङ्ख्या, एटिएम सङ्ख्या, डेबिट कार्ड प्रयोगकर्ता सङ्ख्या र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता सङ्ख्यामा मुलुकको नम्बर वान बैंक बनेको छ । त्यसैगरी कुल ग्राहक सङ्ख्यामा निजी क्षेत्रका बैंकहरुमा एनआईसी एसिया  बैंक सबैभन्दा अगाडी रहेको छ । नयाँ ग्राहक बनाउन पनि यो बैंक निकै आक्रामक रूपमा अगाडि बढेको छ । पहिले चमत्कारिक बचत योजनाबाट धेरै सफल प्राप्त गरेको बैंकले अहिले सर्वश्रेष्ठ बचत खाता ल्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्