आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने

Machchapuchchre

अर्थ राजनीति  ~  आजदेखि सेयर बजार कारोबार शुक्रबार पनि हुन थालेको छ । शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार केही बढेको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो । सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हुने कारोबार अब आइतबार बिदा भएपछि शुक्रबारका लागि सारिएको हो । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एस्चेन्जलाई शुक्रबार पनि कारोबार खुला गर्न निर्देशन दिएसँगै आजदेखि कारोबार भएको हो । कारोबारको समय भने परिवर्तन गरिएको छैन । सेयर बजारको कारोबार समय ११ बजेबाट ३ बजेसम्म तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्