काठमाडौं महानगरका १२ वडामा अहिलेसम्म बालेन कै अग्रता

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन्। मतगणनाको सुरूदेखि नै अग्रता लिएका उनले अहिले १० हजार बढी मतान्तर बनाइसकेका छन्। बिहीबार बिहान पौने ८ बजेसम्म काठमाडौंको राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ५४ हजार ४ सय ६६ मत गणना भइसकेको छ। सो मत गन्दा शाहले २१ हजार २२९ मत पाए। उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ८६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १० हजार ५५ मत पाएकी छन्।  स्थापितसँगको शाहको मतान्तर १० हजार ३ सय ६७ छ भने सिंहसँग ११ हजार १ सय ७४ छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिले आठ वटा टोली बनाएर मत गणना गरिरहेको छ। अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अहिले भएका सबै वडामा शाहले अग्रता कायमै राखेका छन्। वडा नम्बर १, २, ३ र ५ को मत गणना भइसकेको छ। जसमा बालेन धेरै अगाडि थिए। वडा नम्बर १ मा शाहले ७८३ मत पाउँदा स्थापितले ३६५ र सिंहले ४५१ मत पाएका थिए। वडा नम्बर २ मा शाहले १२१५, स्थापितले ७२८ र सिंहले ४९७ मत पाएका थिए। यस्तै वडा नम्बर ३ मा शाहले २४०६ मत पाउँदा स्थापितले १२०३ र सिंहले ११७० मत पाएका थिए। त्यस्तै वडा नम्बर ५ मा भने शाहले १५०१ मत पाउँदा स्थापितले १०६६ मत र सिंहले ७२७ मत पाएका थिए। अरू वडाको मतगणना जारी छ।   प्रतिष्पर्धी स्थापितले आफ्नो घर भएको वडा नम्बर २८ मा सुरूवाती अग्रता लिएका थिए। तर शाहले मतान्तर घटाउँदै त्यहाँ पनि स्थापितलाई पछि पारे। वडा नम्बर २८ मा १३९५ मत गन्दा शाहले ३७७ मत पाएका छन् भने स्थापितले ३४५ र सिंहले २९० मत पाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्