बैंकिङ कसुरको आरोपमा व्यवसायी अमित अग्रवाल पक्राउ

अर्थ राजनीति  ~  बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।  काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालक अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले […]

कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमाललाई अर्थमन्त्रीको आग्रह

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले  कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् । ‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, […]

क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट

अर्थ राजनीति  ~  शनिबार साताको अन्तिम दिन क्रिप्टोकरेन्सीको मूल्यमा ठूलो गिरावट आएको छ । बिटक्वाइन बेलुका ४ बजेसम्म १.७८ प्रतिशतले घटेर ५०.६२ लाखमा कारोबार भइरहेको थियो । यस अवधिमा यसको मूल्य  ९१.२ हजार रुपैयाँ भन्दा बढीले घटेको छ । इथेरिम विटक्वाइनभन्दा बढी गिरावट देखिरहेको छ। इथेरिम पछिल्लो २४ घण्टामा ४.४२ प्रतिशतको गिरावट देखेको छ । […]

ऋणको लागि बैंकहरुलाई राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ उपलब्ध गराउदै

अर्थ राजनीति  ~  बैंकहरुसँग ऋण दिने पैसा नभएपछि राष्ट्र बैंकले आगामी असार मसान्तसम्मका लागि ३० अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। मौद्रिक औजार ‘आउट राइट पर्चेज’ मार्फत ऋण दिन मिल्ने गरी उपलब्ध गराउन लागिएको हो। राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म भुक्तानी मिति भएको ट्रेजरी बिल खरीद गरेर बैंक तथा वित्तीय संस्थाहरुलाई अतिरिक्त तरलता उपलब्ध गराइदिन […]

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

अर्थ राजनीति   ~  बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। आज […]

महँगी बढ्ने संकेत : राष्ट्र बैंक

अर्थ राजनीति  ~   केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक परेको उपभोक्ताको गुनासो थियो । तर, राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस) को नतिजाले पनि आउने तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान […]

पाँचखाल स्मार्ट सिटी बनाउन निफ्राको सम्झौता

अर्थ राजनीति  ~  पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापन अधिकारी […]

क्रिप्टो र अनलाइन नेटवर्किङ बारे पीडितकै उजुरीको आधारमा अनुसन्धान हुने

अर्थ राजनीति  ~  हाइपरफण्ड, क्रिप्टो र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा अर्थमन्त्रालय सहित अन्य ७ निकायका उच्च अधिकारी सहभागी छन् । प्रहरीमा यस्तो ठगीबाट पीडितहरुबाट प्राप्त सूचना […]

Cryptocurrency : अर्थतन्त्रमा यसले गर्न सक्ने असर सम्बन्धि विज्ञहरुसंग गरिएको अन्तर्वार्ता

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुनाकर भट्ट ,  नेपाल बैंकर्स संघका अध्यछ्य एबम कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय तथा नेपाल प्रहरीको “केन्द्रीय अनुसन्धान ब्युरो “ का प्रहरी उपरीछ्यक श्री ए. एम. चन्द्र बहादुर धामी संग बैंन्किंग सेरोफेरो कार्यक्रमका  प्रस्तोता श्री मनोज पौड्यालको   Cryptocurrency संग  सम्बन्धित […]

धितोपत्र बोर्डले साढे पाँच महिनापछि आज नेतृत्व पाउँदै

अर्थ राजनीति  ~ साढे पाँच महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सरकारले आज अध्यक्ष नियुक्त गर्दैछ । बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’ मा राखेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । मन्त्रिपरिषद् नियमित बैठकबाट बोर्ड अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले फाइल लैजान लागेको हो । बोर्डकै कार्यकारी निर्देशक […]