राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिन अवधिको १०अर्ब रुपैयाँ गरी कुल १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी पुसर १९ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी फागुन २३ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० जेठ २३ गते परिपक्व हुनेछ । यसअघि बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ अवधिको ३ अर्ब १३ करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड गरी कुल १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेकाे थियाे । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्