खल्ती App.को बैंक लिंक अफर

Machchapuchchre

अर्थ राजनीति  ~  खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ । अफर अन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्ताहरू मध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इन्चको टिभी जित्ने मौका प्रदान गर्दैछ ।साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलो पटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा एक सय रुपैयाँको बोनस तत्काल पाउनेछन् । यो बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गर्ने र आफ्नो लिंक गरिएको बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका प्रयोगकर्ताका लागि लागू हुनेछ । यसैबीच, यस अफर अवधिमा आफ्नो लिंक गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये हरेक दिन एकजना भाग्यशाली प्रयोगकर्तालाई ३२ इन्च टिभी प्रदान गरिनेछ । खल्ती प्रयोगकर्ताहरूसँग बैंक खाता लिंक गर्नको लागि उनीहरूको केवाईसी प्रमाणित हुनुपर्छ । अफरलाई थप आकर्शित बनाउँदै खल्तीले हरेक हप्ताको सोमबार र बिहीबार फायर सेल पनि ल्याएको छ । प्रयोगकर्ताले बिजुलीको बिल, ल्यान्डलाइन, चलचित्र, इन्टरनेट डाटा प्याक, जीवन बिमा, जस्ता सर्भिसमा हरेक दिउँसो १ बजे फायर सेलको लागि ५० प्रतिशतसम्म क्यासब्याकको प्राप्त गर्न सकिनेछ । खल्तीमा बैंक खाता लिंक भएपछि, प्रयोगकर्ताहरूले युटिलिटि बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बिमा भुक्तानी, मुभी टिकट, अन्य बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानीहरू सीधै र छिटै लिंक गरिएको बैंक खाताबाट गर्न सक्छन् । यो अफर २२ मंसिरदेखि ७ माघसम्म लागू हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्