उपत्यकासहित देशभर चिसो बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकासहित आज आइतबार देशभर चिसो बढेको छ । आइतबार दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुन थालेको हाे । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनहुँ तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने भएकाे छ । महाशाखाका अनुसार देशका मध्य भाग, मध्यपश्चिम र पूर्वी तराई/मधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्न थालेको छ । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापामा बिहानपख हुस्सु र कुहिरो लागेको छ । चिसो बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।गत २४ घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्