प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर

Machchapuchchre

अर्थ राजनीति  ~  प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विनिजसन) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई बैंकले पुस मसान्तदेखि संयुक्त कारोबार सुरू गर्ने गरी सम्झौता गरेका हुन् ।सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति समितिका संयोजक रमेशसिंह खड्का र सेञ्चुरी कमर्सियल बैंक संयुक्त एक्विजिसन समिति सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन् । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले भदौ २० गते सैद्धान्तिक सहमति दिएको थियो । लामो समयको छलफलपछि यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा प्राप्ति सम्झौता भएको थियो । साउन १५ गतेको सो सम्झौताअनुसार प्राप्ति पछी प्रभु बैंककै प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष रहनेछन् भने सञ्चालक समितिमा सञ्चुरी बैंकबाट वरिष्ठ डेपुटी सीईओ र ३ जना प्रतिनिधि राख्ने समझदारी भएको छ । प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । दुई बैंक मर्जरपछि २२ अर्ब २५ करोड चुक्ता पुँजी कायम हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्