प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले ओरालो

Machchapuchchre

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ । यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ । १२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ । २ कम्पनी स्थिर छ । यता १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

तेस्तै , साताको पहिलो कारोबारको  दिन हिजो आइतबार सेयर बजार घटेको थियो । सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको थियो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२८ अंकले घटेर ३६७.३६ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्