नेपाल बैंकर्स संघमा कोइराला र दे दोहोरिंदै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघको साधारणसभाले रिक्त हुने तीन जना कार्यकारी सदस्यमा दुई जनालाई दोहोर्‍याउने भएको छ । संघका कार्यकारी सदस्य रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिृकत दिपककुमार देको कार्यकाल सकिंदैछ ।२६ मंसिर सोमबार हुने संघको साधारणसभाले उनीहरु आगामी दुई वर्षको लागि संघको कार्यकारी सदस्यमा दोहोरिने भएका छन् ।यस्तै मेगा बैंकले अनुपमा खुञ्जेलीको कार्यकाल नदोहोर्‍याएपछि रिक्त रहेको संघको कार्यकारी सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ आउने भएका छन् । साधारणसभाले रिक्त रहेको सदस्य चयन गर्नेछ । खालिङ यसअघि पनि संघको कार्यकारी सदस्य थिए । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय अध्यक्ष रहेको संघको उपाध्यक्षमा एनएमबि बैंकका सीईओ सुनिल केसी छन् ।यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना निवर्तमान अध्यक्ष हुन् भने हिमालयन बैंकका सीईओ अशोक राणा सल्लाहकार हुन् । बैंकर्स संघको कार्यकारी सदस्यमा एनआईसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपाने, लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाह, नेपाल बैंकका सीईओ कृषिबहादुर अधिकारी र सनराइज बैंकको सीईओ सुमन शर्मा छन् ।आागमी वर्ष हुने संघको साधारणसभाले भने अध्यक्ष सहित उपाध्यक्ष र अन्य सदस्यहरु चयन गर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्