नयाँ रेकर्ड बनाएको बनाई शेयर बजार

अर्थ राजनीति  ~  यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को कारोबार हालसम्मकै ऐतिहासिक भएको छ । यो हप्ताको पहिलो दिन ४० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार शिखर इन्स्योरेन्स कम्पनी बाहेकका सबैजसो साना कम्पनीको शेयरमा सर्किट लागेको छ । परिसूचक ३८ अंकले बढेर २९८३ मा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। […]

आइतबार घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ […]

युरो २०२० : जब खेलकै बीच मैदानमा ढले एरिक्सन

अर्थ राजनीति  ~ युरो २०२० अन्तरगत हिजोको खेलको क्रममा , क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।  समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ […]

बैंकास्योरेन्स फेरि शुरु गर्न लागेकोमा संघको विरोध

अर्थ राजनीति  ~   बीमा अभिकर्ता संघ नेपालले बैंकास्योरेन्स पुन शुरु गर्न लागेकोमा विरोध गरेको छ । संघले नेपाल राष्ट्र बैंकले विगत दुई बर्षअघि नै बैंक तथा वित्त कम्पनीहरुलाई बीमा अभिकर्ता बन्न बन्देज लगाइसकेको पुनः त्यसलाई ब्यूँताउने मनसायबाट बीमा समितिबाट संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी गर्ने कार्य खेदजनक रहेको विज्ञप्ति जारी गर्दै विरोध गरेको […]

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

अर्थ राजनीति  ~  नेपाली बजारमा अघिल्लो दिनको तुलनामा आज सुनचाँदीको मूल्य बढ्को छ । आज सुन तोलामा ६०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार […]

सिभिल बैंकमा नयाँ सिइओ नियुक्त

अर्थ राजनीति  ~  सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो । गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेका पोखरेल नियुक्त भएका हुन् । उनले २०७६ साल जेठ […]

लगातार दोस्रो दिन पनि नेप्सेमा गिरावट

अर्थ राजनीति  ~  बिहीबार नेप्से परिसूचकमा १.८० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो । यो दोस्रो दिनको लगातारको गिरावट हो । गत मंगलबार एकै ५३ अंकले वृद्धि भएको बजारमा गत बुधबार १३.५६ अंकको गिरावट आएको थियो । त्यसो त आज नेप्सेमा सामान्य […]

बैंकिङ कसूरमा सुदिप भट्टराई पक्राउ

अर्थ राजनीति  ~  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ । उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई […]

नेपाली सेयरबजार : राजश्वको राम्रो स्रोत

अर्थ राजनीति  ~  वर्षको १०० अर्ब राजश्व दिनसक्ने क्षमता देखिएको धितोपत्र बजारमा सरकारको ध्यान कहिल्यै पुगेन । चालू आर्थिक वर्षमा  करिब मासिक १ अर्ब राजश्वको स्रोत बनेको सेयर बजारलाई सरकारले ध्यान नदिएका कारण यसको नियमक निकाय धितोपत्र बोर्ड अर्थमन्त्रालयको एउटा शाखाभन्दा पनि कमजोर रहेको छ । जबसम्म धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैकजस्तै स्वयत्त निकाय बनाउन […]

सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

अर्थ राजनीति  ~   सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडको सातौँ विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना […]