आइतबार घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्