बैंकास्योरेन्स फेरि शुरु गर्न लागेकोमा संघको विरोध

Machchapuchchre

अर्थ राजनीति  ~   बीमा अभिकर्ता संघ नेपालले बैंकास्योरेन्स पुन शुरु गर्न लागेकोमा विरोध गरेको छ । संघले नेपाल राष्ट्र बैंकले विगत दुई बर्षअघि नै बैंक तथा वित्त कम्पनीहरुलाई बीमा अभिकर्ता बन्न बन्देज लगाइसकेको पुनः त्यसलाई ब्यूँताउने मनसायबाट बीमा समितिबाट संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ जारी गर्ने कार्य खेदजनक रहेको विज्ञप्ति जारी गर्दै विरोध गरेको हो ।‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८’ तत्काल खारेज गर्न र २०७८ बैशाख २ गते बीमा अभिकर्तालाई दिइदै आएको ऋण सुविधा रोक्ने सम्बन्धी बीमा समितिबाट भएको पत्राचार फिर्ता लिन माग गरेको छ । करिव छ लाखको हाराहारीमा बीमा समितिबाट लाइसेन्स वितरण गरेको तथ्याङ्क छ । तीन करोड जनसंख्या भएको देशमा छ लाखको अभिकर्ता हाराहारीमा लाइसेन्स वितरण गरेको छ । तर, बीमा बजारलाई खल्बल्याउने र सीमित सामन्त तथा दलालहरुको कब्जामा बीमा ब्यवसाय पु-याउने प्रपन्च गरेको संघले आरोप लगाएको छ । कोरोना महामारीबाट अभिकर्ता र बीमा कम्पनीका कर्मचारीहरुको मृत्यु भइरहेको छ । तर,  यसले नेपाली बीमा क्षेत्रमा के कति क्षति पुर्यायो बारेमा समितिले पनि चासो नदेखाएको भन्दै चिन्ता व्याख्त गरेको छ । बीमा कम्पनीहरु बन्द छन् बजार ब्यवसाय बन्द छ तर पनि बीमा कम्पनीहरुले ब्याज भने लिन छोडेको छैन संघले भनेको छ । २०७८ बैशाख २ गते जारी भएको निर्देशन जसमा १० औं बर्षको लागि किस्ताबन्दी रुपमा लिएको ऋण तीन महिना भित्रमा असुल गर्नुपर्ने उल्लेख छ । अभिकर्ताहरु जो २० औं बर्षदेखि बीमा कम्पनीमा कार्यरत छन् । करोड रुपैयाँ लगानीमा खुलेका कम्पनीलाई अर्बौ सम्पत्तिका भइसके तर न्यूनतम वेतन समेत नतोकिएर कमिशनका भरमा जीवनभर काम गर्दै आएका अभिकर्ताले लिएको ऋण खारेज गर्ने निर्णयको समेत विरोध गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्