आजबाट संघीय संसदको बजेट अधिवेशन

  अर्थ राजनीति –  सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ । राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार […]

गभर्नर अधिकारीको सम्पति विवरण: १० ठाउँमा जग्गा, एक करोड ७ लाख रुपैयाँ भन्दा बेसिको सेयर

अर्थ राजनीति –  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक महिनाअघि चैत २४ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा […]

रेमिट्यान्स २० प्रतिशतसम्म घट्न सक्छ: गभर्नर अधिकारि

अर्थ राजनीति – प्रतिनिधिसभाको अर्थ समितिमा मंगलबार भएको छलफलमा गभर्नर अधिकारीले ‘कोभिड–१९’ बाट प्रभावित अर्थतन्त्रलाई पूर्वअवस्थामा ल्याउने गरी मौद्रिक नीतिको तयारी गरिरहेको जानकारी दिए । गभर्नर अधिकारीले मंगलबार संसदको अर्थसमितिमा बोल्दै लकडाउन सुरु भएयता वित्तीय क्षेत्रको ऋण र निक्षेप बढ्न नसकेको बताए । उनले अघिल्लो वर्ष ६० अर्बले घाटामा रहेको शोधनान्तरस्थिति यसपाली ३८ अर्ब रुपैयाँ […]

ब्याज मिनाह गर्नु भनेको बैंकिंग क्षेत्रको मेरुदण्ड भाच्नु हो

अर्थ राजनीति – नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बजारमा चर्चा चले जस्तो ऋणमा ब्याज मिनाह गर्न नहुने धारणा राख्नु भएको छ ׀ कोरोना महामारीका कारण अर्थतन्त्र कम्तिमा छ महिना संकट आउने र टुरिजम लगायतका क्षेत्रमा त्यो भन्दा लामो समय यसको असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल बैंकले अहिले सेवाग्राहीलाइ […]

आर्थिक वृद्धिदर २.२७ प्रतिशत: केन्द्रीय तथ्याङ्क विभाग

अर्थ राजनीति – चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो । चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखे पनि कोरोनाका […]

राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित ऋणीलाई दोस्रो चरणको राहत दिन अध्ययन शुरु: गभर्नर अधिकारी

अर्थ राजनति – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले बीबीसी नेपालीसेवासँग कुरा गर्दै थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन् । संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै बैंकको ब्याज, किस्ता लगाएतका कुराहरुमा सहुलियत प्रदान गर्ने बताएका छन् । राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित उद्योगी […]

सेयर कारोबार केहि समयको लागि बन्द

अर्थ राजनीति । सेयर कारोबार केही समयका लागि बन्द गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । कोरोना भाइरसका कारण नेपालको पुँजी बजारमा निरन्तर गिरावट आउन थालेपछि शेयर बजारका सरोकारवालाहरु, लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड नै पुगेर बजार बन्द गराउनुपर्ने माग राखेका थिए ।  ब्रोकर र लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलपछि बोर्डले बजार केही अवधिका लागि स्थगित […]

अहिलेसम्मकै उच्च डलरको मूल्य

अर्थ राजनीति । अमेरिकी डलरको भाउले मंगलबार उच्च विनिमय दरको रेकर्ड कायम गरेको छ । सोमबार डलरको भाउ आइतबारको तुलनामा २७ पैसाले घटेको थियो भने आज डलरको भाउ ८३ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११८.५४ रुपैयाँ र बिक्रीदर ११९.१४ रुपैयाँ कायम गरेको छ । बढेको डलरको […]

सुनको मूल्यमा गिरावट

अर्थ राजनीति । कोरोना भाइरसको कारणले बृद्दी भैइरहेको सुनको मूल्य अहिले भने दिनदिनै घट्दै गएको छ । गत हप्ता ८२ हजार ७०० रुपैंयाँसम्म पुगेको सुनको मूल्य अहिले भने तल झर्दै आएको छ । सनिबार प्रतितोला ७८ हजार ५०० रुपैंयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ७७ हजार रुपैंयाँमा करोबार भइरहेको छ । त्यस्तै गरि चाँदी प्रतितोला […]

डलरको मूल्य अहिले सम्मैकै उच्च

अर्थ राजनीति ।  डलरको मूल्य अहिले सम्मैकै उच्च भएर नयाँ रेकोर्ड कायम गरेको छ ।  बिहीबार अमेरिकी डलरको  विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा थियो ।  नेपाल रास्ट्र बैंकले शुक्रबार भने चाहि डलरको मूल्य बिहिबारको भन्दा १२ पैसाले बढेको राष्ट्र बैंकले जनाएको छ ।  नेपाल रास्ट्र बैंकले शुक्रबार अमेरिकी डलरको मूल्य १ सय […]