ब्याज मिनाह गर्नु भनेको बैंकिंग क्षेत्रको मेरुदण्ड भाच्नु हो

Machchapuchchre

अर्थ राजनीति – नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले बजारमा चर्चा चले जस्तो ऋणमा ब्याज मिनाह गर्न नहुने धारणा राख्नु भएको छ ׀ कोरोना महामारीका कारण अर्थतन्त्र कम्तिमा छ महिना संकट आउने र टुरिजम लगायतका क्षेत्रमा त्यो भन्दा लामो समय यसको असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल बैंकले अहिले सेवाग्राहीलाइ प्रदान गरिरहेको सेवाका बारेमा समेत जानकारी गराउनु भएको छ त्यस्तै कर्मचारी हरुको स्वास्थका बारेमा आफु हरतरहले सचेत रहेको र यस भाइरस संग लड्न अपनाउनु पर्ने उपायहरु अपनाईरहेको बताउनु भएको छ  ׀

पुर्व गभर्नर तथा बरिस्ठ अर्थबिद्द दिपेन्द्र बहादुर क्षेत्रिले अहिलेको अवस्थालाइ सुकेबेगार भन्ने रोग संग तुलना गर्नु भएको छ । जुन रोग लागे पछि कुनैपनि काम राम्रो संग गर्न नसकिने र गरेपनि परिणाम सन्तोषजनक नहुने हुन्छ ׀ त्यस्तै अब नेपालको समग्र अर्थतन्त्रमा सोधान्तरको स्थिति एकदम नाजुक हुने भएकोले यसमा बेशेष ध्यान दिनु पर्ने कुरा औल्याउनु भएको छ । नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्