कोरोना संग लड्न केहि उत्कृस्ट उपायहरु

Machchapuchchre

अर्थ राजनीति –  सङ्क्रमणबाट आफूलाई मुक्त राख्नका लागि शरीरको सबैभन्दा ठूलो हतियार ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणाली नै हो । कोरोना भाइरस विरुद्ध लड्न प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा संसारभर विभिन्न अध्ययनहरू भइरहेका छन् । स्वास्थ्यकर र सन्तुलित आहारका अतिरिक्त बासस्थान, व्यक्तिको र आनीबानीले रोग प्रतिरोधी क्षमता निर्धारण गर्ने गर्दछ । शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनका निमित्त तल उल्लेखित उपायहरु अपनाउनुन सकिन्छ ।

१. सन्तुलित र पोषणयुक्त आहार

पछिल्लो समयमा कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न मसलायुक्त परिकार, लसुन र कागती खानुपर्छ भन्ने चर्चा चलेको छ। उचित मात्रामा नियमित खाँदा शरीरलाई फाइदा हुन्छ । हाम्रो शरीरमा रहेका हितकारी ब्याक्टेरिया जोगाउन तथा प्रतिरक्षाका लागि चाहिने भिटामिनयुक्त फलफूल र रेसादार सागसब्जी खानु उत्तम हुन्छ। भिटामिन सी घुलनशील हुने भएकाले शरीरमा लामो समयसम्म नटिक्ने हुनाले फलफूल र सागसब्जी नियमित खानु राम्रो हुन्छ ।

२. नियमित शारीरिक अभ्यास

प्रतिरक्षा प्रणाली बलियो बनाउन शारीरिक रूपमा स्वस्थ रहन निकै आवश्यक हुन्छ। हाम्रो छाला र छालामुनिको तहमा रहेका सूक्ष्मजीवले हानिकारक जीवाणुसँग लड्छन्। हानिकारक जीवाणु यदि हाम्रो शरीरभित्र छिरे भने हाम्रो रगतमा हुने सेता रक्तकोषले तिनको प्रतिकार गर्छन्। त्यसका अतिरिक्त शारीरिक अभ्यास गर्दा शरीरको तापक्रम पनि केही बढ्ने हुनाले सङ्क्रमणसँग जुध्न तथा हानिकारक जीवाणुको वृद्धिलाई समेत नियन्त्रण गर्न सघाउने चिकित्सकहरूको भनाइ छ।

३. पर्याप्त विश्राम र निद्रा

शरीर जैविक यन्त्र भएकाले यसलाई विश्राम पनि चाहिन्छ। कम तनाव र पर्याप्त निद्रा भए प्रतिरक्षा प्रणाली पनि चुस्त हुने विज्ञहरू बताउँछन्। त्यसका अतिरिक्त योगाभ्यास र ध्यानले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्ने विज्ञहरूको मान्यता छ। अमेरिकाको प्रतिष्ठित योग जर्नलका अनुसार योगले निरासा पैदा गर्ने हार्मोन कम गर्न र शरीरमा पैदा हुने हानिकारक पदार्थलाई बाहिर निकाल्न निकै सहयोग पुग्छ।

४. धूमपान र मद्यपान नगर्ने

धूमपान र मद्यपान गर्ने मानिस र तीमध्ये पनि प्रौढ व्यक्तिमा धेरै सङ्क्रमक हुने सम्भावना धेरै हुने अध्ययनहरूले देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष संसारभरि चुरोट र सूर्तीजन्य पदार्थको सेवनका कारण सरदर ८० लाख मानिस र रक्सी सेवनका कारणले ३० लाख बढी मानिसको ज्यान जाने गरेको छ।

५. रचनात्मक बन्ने

धेरै मानिस फुर्सद नभएकाले रचनात्मक बन्न नसकेको बताउँछन्।

चिकित्सकहरूका अनुसार सृजनात्मक कृयाकलापमा सहभागि हुँदा प्राप्त हुने खुसीले निराशा र एक्लोपनाको भावना कम गर्दछ।

बगैँचामा काम गर्ने, चित्र वा अन्य कला बनाउने, घर सजाउने वा कथाकविता लेख्ने लगायतका काम गर्न सकिन्छ ।

६. उच्च मनोबल

कोरोनाभाइरसले उमेरका हिसावले तुलनात्मक रूपमा वृद्धवृद्धाहरूको ठूलो सङ्ख्यामा ज्यान लिएको छ।

तर केहीले भने उच्च मनोबलका कारण सङ्क्रमण भएरपनि त्यसमाथि विजयी प्राप्त गरेका घटना छन्।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्