सेयर कारोबार केहि समयको लागि बन्द

Machchapuchchre

अर्थ राजनीति । सेयर कारोबार केही समयका लागि बन्द गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । कोरोना भाइरसका कारण नेपालको पुँजी बजारमा निरन्तर गिरावट आउन थालेपछि शेयर बजारका सरोकारवालाहरु, लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड नै पुगेर बजार बन्द गराउनुपर्ने माग राखेका थिए ।  ब्रोकर र लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलपछि बोर्डले बजार केही अवधिका लागि स्थगित गर्न सहमत भएको हो । यसबारे अर्थ मन्त्रालयको सहमति लिएर बोर्ड सञ्चालक समिति बैठकले आधिकारीक निर्णय गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्