मन्त्री अर्याल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता, के-के भयो कुराकानी

Machchapuchchre

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा विहीबार भएको भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीच कूटनीतिकसँगै अन्य बहुआयामिक सम्बन्ध पनि विशेष रहेको बताउँदै दुई देशबीच लामो समयदेखि थाँती रहेका केही विषयहरु आपसमा छलफल गरेर समाधान गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।

नेपालमा यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ति कोसिस गरिने बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्