होम क्वारेन्टाइनमा बस्नु पर्दा पालना गर्नुपर्ने नियम

Machchapuchchre

अर्थ राजनीति । सरकारले कोरोना भाइरस रोकथामको लागि तयारीहरु गरिरहेको छ । सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिन सम्म क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ । क्वारेन्टाइनमा बस्दा खेरि बिभिन्न नियमको पालना गर्नु पर्ने हुन्छ । के के हुन त नियमहरु जानी राखौ !

  • हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसंग बस्नुपरेमा कम्तिमा ३ मिटर दुरी कायम गर्नुपर्छ ।
  • छुट्टै बाथरुम र शौचालयको प्रयोग गर्नुपर्छ र एउटा शौचालय र बाथरुम भएको खण्डमा प्रयोग गरेपछि आफैले सफा गर्नुपर्छ ।
  • आफु बस्ने कोठा आफै सफा गर्ने गर्नुपर्छ ।
  • घरभित्र साझा रुपमा प्रयोग हुने ठाउँहरु जस्तै भान्सा , शौचालय आवतजावत कम गर्ने गर्नुपर्छ ।
  • स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागी घर बाहिर निस्किन हुदैन ।
  • नियमित रुपमा आफ्नो हात धुनुपर्दछ, हात नधोई आँखा, नाक र मुख नछुने ।
  • आफुले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाडा, तौलिया, रुमाल, ओछ्यान वा सामान साझा प्रयोग गर्ने गर्नुपर्छ ।
  • अन्य व्यक्तिहरुसंगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्नुपर्छ ।
  • अरु व्यक्तिहरुसंगको सम्पर्कमा आउनु पर्दा कम्तिमा ३ मिटरको दुरी बनाउने गर्नुपर्छ र मास्क लगाउने गर्नु पर्छ जहाँ जादा पनि ।
  • खोक्दा वा हाछ्यु गर्दा टिस्यु पेपर, रुमाल, मास्क, लगायतलाई छुटै फोहोर फाल्ने ठाउँमा फाल्नु पर्छ ।
  • क्वारेन्टाइनमा रहदा तापक्रम दैनिक एक पटक जाच्ने र रेकर्ड राख्नुपर्छ ।
  • कुनै पनि स्वास्थ्य समस्या देखिएमा वा क्वारेन्टाइनमा बस्दा अरु केहि समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरु अनुरुप गर्नुपर्छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग पुर्व अनुमति बिना क्वारेन्टाइन स्थानभन्दा बाहिर जानु हुन्न ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्