कोरोना बिरुद्द सरकारको तयारी

Machchapuchchre

अर्थ राजनीति । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा १ जना व्यक्तिमा देखा परेको भएतापनि उनि ठिक भइसकेको जानकारी छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन अहिले सरकारले विभिन्न तयारी गर्दै आइरहेको छ । सरकारले सर्वसाधारणको सुरक्षाको लागि स्कुल, कलेजहरु बिदा गरेको छ । आजबाट सुरु हुने एसइई परिक्षा पनि सरकारले स्थगित गरेको छ ।  त्यसै गरि धेरै भिडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । धेरै भिडभाड हुने ठाउँ जस्तै फिलिम हल, जिम हल, पार्टी प्यालेस, म्युजियम, स्विमिङ पुल, डान्स बार आदिलाई ३० अप्रिल सम्म बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै गरि आफ्नो काम भएमा मात्र घरबाट बाहिर निस्किन भनेको छ  र २५ जना भन्दा बढी व्यक्तिहरु सार्वजनिक स्थलहरुमा भेला हुन निषेध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्