सरकारले कोरोना भाइरस लाग्न नदिनका लागि प्रतिबन्ध गरेको क्षेत्र के के हुन त ?

Machchapuchchre

अर्थ राजनीति । कोरोना भाइरस लाग्न नदिनको लागि सरकारले विभिन्न तयारीहरु गर्दै छ । सरकारले अहिले विभिन्न क्षेत्रमा रोक लगाउदै आइरहेको छ । सर्वसाधारणको सुरक्षाको लागि सरकारले आजबाट सुरु हुन लागेको एसइइई परिक्षा स्थगित गरेको छ । रंगशाला, मनोरंजन स्थल, जिम क्लबमा नजान र बन्द गर्ने निर्णय गरेको छ । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन निषेध गरेको छ । सार्वजनिक यातायातले पनि गाडीको सिट क्षमताभन्दा बढी यात्रु हाल्न निषेध गरेको छ । आफ्नो काम भएमा मात्र बाहिर निस्किन र जथाभावी आवत जावत गर्न निषेध गरेको छ । युरोप, पच्छिम एसियासहित खाडी मुलुक, इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरियाबाट नेपाल आउन प्रतिबन्ध गरेको छ । बाल विकास केन्द्र, आधारभूत, माध्यमिक विद्यालय र विश्वविद्यालयको पठनपाठन २०७६ चैत्र महिना सम्मका लागि नेपाल सरकारले  बन्द गरेको छ । सर्वसाधारणलाई भ्रम पार्ने खबर प्रकासित गरे वा गलत अभिव्यक्ति दिएको खण्डमा कारबाही हुने नेपाल सरकारले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्