उपेन्द्र यादवको मन्त्रालय फेरिएपछि समाजवादी पार्टीमा विवाद, बाबुराम भट्टराई फायर
काठमाडौँ । सूचना नदिई मन्त्रालय फेरबदल गरिएको र राज्यमन्त्री हटाइएको विषयले समाजवादी पार्टीमा लफडा उत्पन्न भएको छ । यस विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ तर त्यसैलाई कारण बनाएर सरकार तत्काल छाडिहाल्ने मनस्थितिमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देखिएका छैनन् । पार्टीकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने नैतिक रूपमा सरकारमा बस्न नहुने निष्कर्षमा पुगेको छ । […]
