खरिपाटी पुगेर प्रचण्डले भने -‘सघीयता कमजोर बनाउने षड्यन्त्र भयो’

Machchapuchchre

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता नबुझ्नेहरु संघीयता कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संघीयता अझै पूर्ण भइनसकेको र प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला संघीयता विरोधी सक्रिय बनेको बताए ।

उनले संघीयतालाई पूर्णता दिँदै जातीय, वर्गीय र लैङ्गिक उत्पीडन अन्त्य गर्न बाँकी रहेको बताउँदै कुनै समय आफ्नो टाउकाको मूल्य तोकेको दलसँग अहिले सहकार्य गर्नुपरेको समेत चर्चा गरे । कार्यक्रममा गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले एकीकृत दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई मूर्तरूप दिन नयाँ सङ्गठनात्मक संरचना गठन गरी नयाँ शक्ति निर्माण गर्न बाँकी रहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्