खेमराज पौडेलको सुविधा भोगी त्यागलाई सम्झेर भोट हाल्नुस् – गगन थापा

Machchapuchchre

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले आफ्नो पार्टीका उम्मेदवार खेमराज पौडेललाई जिताउन पोखरावासीलाई आग्रह गरेका छन् । प्रवृत्तिलाई पुरस्कृत गर्ने क्रममा खेमराज गुरुलाई उम्मेदवार बनाइएको प्रष्ट पार्दै नेता थापाले भने- ‘‘खेमराज गुरुलाई जिताएर देखाउनुस् । उहाँको सुविधा भोगी त्यागलाई सम्झेर भोट हाल्नुस् ।’

आगामी उपनिर्वाचनका लागि काँग्रेसको माहोल बनाउन थापा पोखरा पुगेका छन् । कास्की २ मा प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका त्यागी नेता खेमराज पौडेल उठेका छन् । उनलाई भोट माग्ने क्रममा नेता गगन थापाले निर्वाचनको परिणामबाटै कस्ता मान्छेहरु राजनीतिमा आउने भन्ने निर्धारण हुने समेत बताए ।

थापाले पोखराको नतिजाले प्रचण्ड बहुमतको नेकपालाई फरक नपार्ने तर खेमराज गुरुले जितेमा राजनीतिलाई हेर्ने दृष्टकोणमा परिवर्तन आउने बताए । उक्त पार्टीका शीर्ष नेताहरु शुक्रबार पोखरामा भेला हुँदैछन् । थापा भने शनिबार बिहानसम्म पोखरा रहने छन् र त्यहाँबाट चुनावी अभियानका लागि बागलुङ जानेछन् । त्यसैगरी काँग्रेस सभापति शेरबहादुर देउवाको अगुवाईमा चिप्लेढुंगामा अपरान्ह ४ बजे विशेष र्याली आयोजना हुनेछ ।

उक्त र्यालीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला लगायत सहभागी हुनेछन् । शनिबार बिहान नेपाल तरुण दलको आयोजनामा पोखरामा काँग्रेसले भब्य चुनावी सभा आयोजना गर्दैछ । पोखराबाटै काँग्रेसले उपनिर्वाचनको सन्देश देशभरलाई दिने पनि दावी गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्