कुराले मात्रै राष्ट्रियता बलियो हुँदैन – परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुराले मात्रै राष्ट्रियता बलियो नहुने बताएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौताबारे बुधबार संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्ञवालीले उक्त धारणा राखेका हुन् । मन्त्री ज्ञवालीले इन्डो-प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक नहुने भन्दै यी विषयमा नचाहिँदो हल्ला गरिएको टिप्पणी गरे। ‘एमसीसीबारे नेपालमा भएको […]

रौतहटमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए । बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । […]

धर्म–संस्कृति मानौं, तर प्रलोभनमा पारेर परिवर्तन नगराऔं – उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह गरेका छन् । पछिल्लो समयदेखि क्रिश्चियन धर्मालम्बीमाथि आफ्नो धर्ममा तान्न नागरिकहरूलाई प्रलोभन देखाउने गरेको आरोप लाग्दै आइरहेकाे छ । यसैतर्फ संकेत गर्दै उपराष्ट्रपति पुनले त्यसो नगर्न आग्रह गरेका छन् । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन […]

राष्ट्रपतिको उपस्थितिमा तमु ल्होसार मनाइने

काठमाडौं । तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । ‘राष्ट्रिय पर्व तमु ल्होसार च्यु ल्हो (मुसा वर्ग) २०७६ को आव्हान, अस्तित्व र मौलिक पहिचानका लागि तमुवानको अभियान’ भन्ने मूलनारासहित काठमाडौंमा पुस […]

यी ११ राजनीतिक दलले पाए निर्वाचन चिन्ह

काठमाडौँ । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय निर्वाचन आयोगले ११ वटा राजनीतिक दललाई मंगलबार निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाउने ११ राजनीतिक दल यस प्रकार छन् : राजनीतिक दल र चुनाव चिन्ह १.नेकपा: सूर्य २.नेपाली कांग्रेस: रुख ३.समाजवादी पार्टी: पाँच औंला सहितको हत्केला ४.राष्ट्रिय जनता पार्टी नेपाल: […]

कांग्रेसको चेतावनीपछि रोकियो सूचना प्रविधि विधेयक

काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रस्तावित व्यवस्था खारेज नगरे ‘नोट अफ डिसेन्ट’ राख्ने कांग्रेसको अडानपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित हुन सकेन । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मंगलबार उक्त विधेयक प्रतिवेदनसहित पारित गर्नका लागि बैठक आह्वान गरेको थियो । कांग्रेसका सांसदहरूले विधेयकका दफा नै हटाउनुपर्ने अडान राखेपछि पारित […]

छाउगोठमा राख्नेको सामाजिक सुरक्षा भत्ता रोक्न गृह मन्त्रालयले पठायो परिपत्र

काठमाडौं । गृह मन्त्रालयले महिनावारी भएको बेला महिलाहरुलाई छाउगोठमा राख्नेहरुको सामाजिक सुरक्षा भत्ता रोक्का गर्न परिपत्र गरेको छ । मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई तीनबुँदे परिपत्र गरेको हो । जसमा महिलाहरुलाई छाउगोठमा राख्नेहरुको बृद्धसहित सबै सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्न भनिएको छ । गृहको परिपत्रमा छाउगोठहरुमा बस्ने महिलाहरुलाई पनि कारबाही […]

यादवपछि शहरी विकास मन्त्री राईले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको २ घण्टा नबित्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् । मन्त्री राईले आफ्नो आधिकारिक लेडरप्याडमै लेखेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । समाजवादी पार्टीबाट सरकारमा शहरी विकास […]

समाजवादीले सरकार छाड्ने, उपेन्द्र यादव राजीनामा दिदै

काठमाडौं । सत्तासाझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा रहेको समाजवादीले सरकार छाड्ने निर्णय गरेको हो । सरकारमा सहभागी हुने सम्बन्धमा संविधान संशोधन लगायत विषयमा आफूहरुसँग भएको २ बुँदे सहमति कार्यान्वयन नभएकाले सरकार छाड्ने निर्णय भएको समाजवादी पार्टीका नेताको भनाइ छ । मंगलबार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले सरकारबाट […]

नेपालमा समातिएका चिनियाँलाई देश निकाला गरिने

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ । चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो […]