सीमा समस्या समाधान गर्न भारत तयार, नेपाललाई पठायो पत्र

काठमाडौँ । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो । वार्ताको प्रस्तावसहित पठाएको नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो । कान्तिपुर दैनिकले […]

दुईतिहाइको सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय – कांग्रेस नेत्री भुसाल

काठमाडौं । प्रमुख प्रत्यपक्षी दल नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले दुईतिहाइको सरकार सीमाको विषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् । सोमबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपालको सीमा भारतले मिचेको विषयमा यति लामो समयसम्म पनि मौन रहनु र ‘क्याबिनेट’बाट कुनै निर्णय गर्न नसक्नु रहस्यको विषय भएको जिकिर गरिन् । उनले सरकारले […]

बलात्कार आरोपमा वडासदस्य पक्राउ

भोजपुर । बलात्कार आरोपमा हतुवागढी गाउँपालिका ६ होम्ताङका वडा सदस्य बालकुमार राई पक्राउ परेका छन् । स्थानीय एक युवतीलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले३८ वर्षीय राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मंसिर १५ गते राईले २४ वर्षीय युवतीलाई जबरजस्ती गरेका थिए। राईलाईजबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला […]

बसको ठक्करबाट सहकर्मीको मृत्यु भएपछि विद्यार्थी आक्रोशित, सुकेधारा-चाबहिल क्षेत्र तनावग्रस्त

काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ । भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट […]

जिल्ला सभापतिहरुको भेला माघभित्रै गर्ने पौडेल पक्षको निर्णय

काठमाडौँ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले राजधानीमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेका छन् । महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबन्डालाई लिएर पार्टीभित्र विवाद चर्किंदै गर्दा पौडेलपक्षीय १७ जिल्ला सभापतिको आइतबार राजधानीमा बसेको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो । जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला […]

जनमुक्ति सेनाले गाउँपालिका अध्यक्ष शाहीलाई गिरफ्तार गरेको खुलासा, हेर्नुहोस विज्ञप्तिसहित

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई गिरफ्तार गरेको पुष्टि गरेको छ । पार्टीका भेरी–कर्णाली ब्यूरो इन्चार्ज रवीले विज्ञप्ति जारी गरेर पार्टीमाथिको प्रतिबन्ध, दमन, हत्या र गिरफ्तारीको प्रतिरोधस्वरुप अध्यक्ष शाहीलाई गिरफ्तार गरेको बताएका छन् । रवीले विज्ञप्तिमा अध्यक्ष शाहीले चरम भ्रष्टाचार गरेको, कमिसन खाएको, पार्टी विरोधी गतिविधि गरेकोले गिरफ्तार गरेको […]

विप्लव नेकपाको युवा संगठनका उपत्यका संयोजक घिमिरे पक्राउ

काठमाडौं । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका उपत्यका संयोजक राजु घिमिरे (सुजन )लाई पक्राउ गरेको छ । उपत्यका लगायत विभिन्न ठाउँमा उद्योगी तथा व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गर्ने गरेको आरोपमा घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महाशाखाबाट खटिएको टोलीले उनलाई ललितपुरको कुमारीपाटीबाट ६ थान मोबाईल र विप्लव माओवादीसंग सम्बन्धित विभिन्न दस्तावेजहरू […]

मंंसिर ५ मा महाधिवेशन गर्ने पौडेल समूहको प्रस्ताव

काठमाडौं । रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ५ मा गर्ने प्रस्ताव राखेको छ । संस्थापनसँग आइतबार भएको वार्तामा पौडेल समूहले २०७७ मंसिरकोे ५, ६, ७ र ८ मा गर्ने प्रस्ताव राखेको हो । ‘८ चरणको निर्वाचन गर्नुपर्नेछ, कुनै कारणवश एउटा मात्र ढिला भयो भने पनि डेडलाइन प्रभावित नहोस् भनेर मंसिरमा गरौं भनेका […]

राष्ट्रियसभा निर्वाचन : ११ दलले दिए दर्ताका लागि आयाेगमा निवेदन

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भाग लिन दर्ताका लागि भन्दै ११ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रियसभाका १८ सदस्य निर्वाचित गर्न ९ माघमा निर्वाचन हुँदैछ । आयोगले दल दर्ताका लागि दिएको मंसिर २७ देखि पुस ६ गतेसम्मको समयमा तोकेको प्रक्रिया पुर्‍याएर ११ दलले निवेदन दिएका प्रवक्ता गिरिजा शर्माले जानकारी दिइन । आयोगका अनुसार दर्ताका […]

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न आग्रह

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदको जारी हिउँदे अधिवेशनबाट अनुमोदन गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले आग्रह गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला एमसीए नेपालले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो । कम्प्याक्ट सम्झौतामा उल्लेख गरिएका पूर्वाधार आयोजनाहरु समयमै सम्पन्न गर्न आफू प्रतिवद्ध रहेको […]