मंंसिर ५ मा महाधिवेशन गर्ने पौडेल समूहको प्रस्ताव

Machchapuchchre

काठमाडौं । रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर ५ मा गर्ने प्रस्ताव राखेको छ । संस्थापनसँग आइतबार भएको वार्तामा पौडेल समूहले २०७७ मंसिरकोे ५, ६, ७ र ८ मा गर्ने प्रस्ताव राखेको हो ।

‘८ चरणको निर्वाचन गर्नुपर्नेछ, कुनै कारणवश एउटा मात्र ढिला भयो भने पनि डेडलाइन प्रभावित नहोस् भनेर मंसिरमा गरौं भनेका हौं’ पौडेल समूहको वार्ता टोलीका एक सदस्यले भनेका छन् । तर यसमा सहमति जुटेको छैन । संस्थापना पक्षले भने फागुनको कार्यतालिका बनाएपछि फरक नपर्ने जवाफ दिएको छ ।

यद्यपि फागुनभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सभापति शेरबहादुर देउवा समूह सहमत हुनुलाई पौडेल समूहले सकारात्मक भनेको छ । कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ । तर तत्काल महाधिवेशन गर्ने अवस्था नभएकाले म्याद थप गर्ने तयारी भइरहेको छ ।

आइतबार भएको वार्तामा पौडेल समूह नेविसंघको नेतृत्व छाड्न पनि तयार देखिएको छ । नेविसंघ र तरुण दलमध्ये एकको नेतृत्व आफूले पाउनुपर्ने माग राख्दै आएको पौडेल समूहले नेविसंघको महामन्त्री पद पाए चित्त बुझाउन तयार भएको छ । तरुण दलमा अहिले देउवा समूहकै जितजंग बस्नेत अध्यक्ष र पौडेल समूहका भुपेन्द्रजंग शाही महासचिव छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्