बलात्कार आरोपमा वडासदस्य पक्राउ

भोजपुर । बलात्कार आरोपमा हतुवागढी गाउँपालिका ६ होम्ताङका वडा सदस्य बालकुमार राई पक्राउ परेका छन् । स्थानीय एक युवतीलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले३८ वर्षीय राईलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मंसिर १५ गते राईले २४ वर्षीय युवतीलाई जबरजस्ती गरेका थिए। राईलाईजबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्