नेपालमा समातिएका चिनियाँलाई देश निकाला गरिने

Machchapuchchre

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ । चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । उनी जनवरी महिनाभित्रै चीन जाँदैछन् ।

ती अधिकारीले भने, ‘यो दुई देशबीच भएको ठूलो सुरक्षा समन्वय हो । नेपालमा अपराध गरेर चीनमा लुक्नेलाई ल्याउन पनि यसले सहयोग गर्नेछ ।’पक्राउ परेका चिनियाँ नेपालमा भएका अपराधमा संलग्न देखिएमात्रै यहाँबाट मुद्दा चलाउने सरकारी तयारी छ । नभए अध्यागमन विभागले उनीहरुलाई निष्कासन गर्ने एक अधिकारीले बताए । नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासन गरेर उनीहरुलाई चीन पठाउन लागिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्