राष्ट्रियसभा निर्वाचनका लागि राजपा र समाजवादीले उम्मेदवार टुंगो लगाए

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश २ बाट अन्य समूहमा मृगेन्द्रकुमारसिंह यादव र अल्पसंख्यक/अपांगता समूहबाट शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र […]

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवारहरुको नाम हेर्नुहोस् सूचीसहित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार […]

पार्टीको पछिल्लो निर्णय सच्याइनुपर्छ- नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए । नेता पौडेलले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ । ‘ पार्टीमा छलफल र […]

बोको हरामको आक्रमणबाट कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक चाडको एक टापुमा अबस्थित तालमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् । मारिनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् । दुर्गम क्षेत्रमा भएको घटनामा मारिनेमा व्यापारी र माछा मार्नेहरु रहेको स्थानीय मेयरले जनाएका छन् । क्यानेडेली सेनाले पट्रोल गर्न छोडेपछि त्यस क्षेत्रमा बोको हरामको दबदबा थियो । नाइजेरियमा […]

आज शनिबार कहाँ-कहाँ हुदैछ हिमपातसहित र वर्षा ? तपाई पनि थाहा पाउनुहोस

काठमाडौं । देशभर बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपातको क्रम शनिबार पनि कायम रह्यो । जुम्ला, मनाङ, मुस्ताङ, दार्चुला, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा शुक्रबार दिउँसो तथा राति भारी हिमपात भएको छ । उपत्यका लगायतका जिल्लामा शुक्रबार रातिसम्म र शनिबार बिहान पनि वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार […]

कांग्रेस–समाजवादीबीच राष्ट्रिय सभा उम्मेद्वारीका लागि सहमति

काठमाडौँ । आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ । शुक्रबार भएकाे सहमति अनुसार प्रदेश–२ मा हुने ४ पदको निर्वाचनका लागि कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा […]

अल्टिमेटम आएपछि अन्ततः चितवन छोड्न बाध्य भए एसपी दानबहादुर मल्ल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको २ हप्तापछि प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख रहेका मल्लले प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई चार्ज बुझाएर सरुवा भएको ठाउँका लागि रवाना लिएका हुन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार १२ घण्टाभित्र चितवन छाड्न निर्देशन दिएपछि एसपी […]

चुनावमा गठबन्धन गर्ने विषयमा कांग्रेस र समावादीबीच छलफल हुँदै

काठमाडौं । राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच छलफल हुने भएको छ । विशेषगरि प्रदेश नम्बर दुईमा कांग्रेस र समाजवादी पार्टीले गठवन्धन गर्ने तयारी गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई दलबीच आज छलफल हुने जानकारी दिए । दुई दलबीच राष्ट्रियसभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल हुने उनको भनाइ […]

फरक मत नराखी एमसीसी सहयोग लिनुपर्छ -उपेन्द्र यादव

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फरक मत नराखी अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग लिनु पर्ने बताएका छन् । एक संचारमाध्यमसँग कुरा गर्दै गर्दै उनले नेपालको विकासका लागि आउन लागेको अनुदान सहयोगमा राजनीतिक दल विभाजित हुन नहुने बताए । उनले भने, ‘यो अनुदान सहयोग हो । विकाससँग जोडिएको र नेपालको हीतका […]

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार छान्न बसेको नेकपा सचिवालय बैठकमा लफडा

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार छान्न बसेको नेकपाको सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । चार घन्टा लामो बैठकमा उम्मेद्वारका विषयमा अन्तिम सहमति जुटन नसकेपछि शुक्रबार बिहान फेरि बैठक डाकिएको छ । कान्तिपुर दैनिकमा समाचार छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रिय सभा उम्मेद्वारका विषयमा बैठकमा छलफल भएपनि अन्तिम निर्णय हुन सकेन। शुक्रबार […]