चुनावमा गठबन्धन गर्ने विषयमा कांग्रेस र समावादीबीच छलफल हुँदै

Machchapuchchre

काठमाडौं । राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच छलफल हुने भएको छ । विशेषगरि प्रदेश नम्बर दुईमा कांग्रेस र समाजवादी पार्टीले गठवन्धन गर्ने तयारी गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई दलबीच आज छलफल हुने जानकारी दिए ।

दुई दलबीच राष्ट्रियसभा चुनाव लगायत अन्य समसामयिक विषयमा छलफल हुने उनको भनाइ थियो । सत्तारुढ दल नेकपा र राजपाबीच प्रदेश नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने यसअघि नै सहमति भएको थियो ।

राजपासँग नेकपा नजिकिएसँगै उपेन्द्र यादव सत्ताबाट बाहिरिएका थिए । प्रदेश नम्बर दुईमा चार सिट मध्ये २ राजपा र दुई नेकपाले लिने गरि सहमति भएको छ । कांग्रेस र समाजवादीबीच हुने गठवन्धनले सीटमा भने खासै प्रभाव पार्ने देखिएको छैन । तर समाजवादीले नेकपा र राजपाको भोट आफूले ल्याउन सक्ने आकल गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्