नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने – पुँजीबजारमा कम्पनी हेरेर लगानी गर्नुहोस, प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारमा कम्पनीको अवस्था हेरेर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् । सरकार निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासम‍ेत रहेका मन्त्री खतिवडाले विगत दुई वर्षमा पुँजीबजारमा ठूलो सुधार भएको भन्दै कुनै एक व्यक्तिको मुख हेरेर लगानी नर्गन लगानीकर्तालाई सचेत गराए । ‘कम्पनीको वासलात हेरेर निर्णय गर्नुहोस्, […]

चर्चित फुटबल खेलाडी रोनाल्डिनो र उनका भाई पक्राउ, यस्तो छ कारण

ब्राजिलको राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टोलाई पक्राउ परेको गोल डटकमले जनाएको छ। नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ। प्रहरीले होटलबाट रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटाएको थियो। एक क्यासिनोका मालिक नेल्सन […]

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर, अझै खाली पेट, अवस्था बुझेर आवश्कय निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएपछिको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जनाएका छन् । बुधबार मिर्गौला प्रत्यारोपणपछि आईसीयूमा सारिएका ओलीको स्वास्थ्य सूचक राम्रो रहेको भनिए पनि अहिलेसम्म ओलीलाई खाली पेट नै राखिएको छ । मिर्गौला प्रत्यारोपण भएको १२ घण्टा बढि हुँदा पनि प्रधानमन्त्री ओलीलाई कालो चिया समेत खान नदिइएको हो । […]

दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले प्रधानमन्त्री ओलीको शरिरमा राम्रोसँग काम गरिरहेको छ – चिकित्सक

काठमाडाैं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको शरिरमा दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। उनको उपचारमा संलग्न चिकित्सक डा. प्रेम ज्ञवालीले मिर्गौलाले राम्रोसँग काम गरिरहेको जानकारी दिएका हुन्। प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम गरेको छ। हिजो ३ बजेदेखि अहिलेसम्म १० लिटर भन्दा बढी पिसाब फेरिसक्नुभएको छ। उहाँको शरीरमा […]

आज पनि मेघ गर्जन तथा हावाहुरी र असिना पर्नसक्ने, यस्तो छ ३ दिनको मौसम अपडेट

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका पहाडी क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव स्वरुप आंशिक बदलीसहित हावाहुरी र असिनाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज देशका पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने जनाएको हो । महाशाखाले देशका पश्चिमि भू-भागका लगायत मध्य […]

न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई कारवाही गर्न सूचना विभागमा पत्रकार महासंघको एकहप्ते अल्टिमेटम

काठमाडौ । नेपाल पत्रकार महासंघले न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई कारवाही गर्न सूचना तथा प्रशारण विभागमा एकहप्ते अल्टिमेटम बुझाएकाे छ । महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका संयाेजक रामप्रसाद दाहालकाे नेतृत्वमा गएकाे टाेलीसँग विभागका महाप्रवन्धक लेखनाथ शर्माले ऐन अनुसार सेवासुविधा नदिने सञ्चारमाध्यमलाई ध्यानाकर्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । “हामी अध्ययन गरेर केही कदम चाल्छाैं, पत्रकार […]

कोरोनाको जोखिमलाई मध्यनजर गर्दैकांग्रेसद्वारा ठूला सम्मेलन र सभा स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सबै तहका ठूला भेला सम्मेलन र सभा अनिश्चितकालसम्म स्थगित गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको आग्रहलाई स्वीकारेर पार्टी र पार्टीसँग आवद्ध संस्थाका सभा सम्मेलन स्थगित गरिएको बताएकका छन् । ‘विश्व स्वास्थ्य संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं […]

दैनिक २ लाख बढी भत्ता बैठक छाड्ने सांसद्का लागि

अर्थ राजनीति । बैठक छाड्ने सांसद्का लागि दैनिक २ लाख बढी भत्ता खर्च हुने गरेको छ ।  सांसद्ले हाजिर गरेपछि दैनिक दुई हजार रुपैयाँ भत्ता पाउँछन् ।  सांसदहरू हाजिर गर्दै बाहिरिँदा गणपूरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक सञ्चालनमै कठिनाइ भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद् नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगित गरेका […]

डा. खतिवडा पुन: अर्थमन्‍त्रीमा नियुक्त, आजै अपरान्ह ४ बजे सपथग्रहण हुने

काठमाडौं। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडा आज पुन : नियुक्ति भएका छन्। राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार राजीनामा दिएका खतिवडालाई पुन स् सोही पदमा मन्त्री बन्न लागेका हुन्। संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बन्न लागेका हुन्। त्यसका लागि आज दिउँसो […]

कोरोना भाइरसको जोखिमकार कारण सत्तारूढ नेकपाकाे सुखानी स्मृतिसभा स्थगित

काठमाडौं । झापा आन्दोलनका क्रममा हत्या गरिएका किसान नेताहरूको स्मृतिमा केन्द्रीयस्तरबाट आयोजना गरिएको स्मृतिसभा स्थगित भएको छ । यद्यपि, नेकपानिकट विद्यार्थीले भने खुसानी पुगेर स्मृतिमा कार्यक्रम गर्दैछन् । कोरोना भाइरसको जोखिमसँग बच्न सभा, सम्मेलन र भेला नगर्न सरकारले आग्रह गरेपछि शीर्ष नेता सम्मिलित सुखानीको स्मृतिसभा स्थगित भएको हो । नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले कार्यक्रम स्थगित भएकाले […]