चर्चित फुटबल खेलाडी रोनाल्डिनो र उनका भाई पक्राउ, यस्तो छ कारण

Machchapuchchre Bank

ब्राजिलको राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्। बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टोलाई पक्राउ परेको गोल डटकमले जनाएको छ।

नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ। प्रहरीले होटलबाट रोनाल्डिनो र रोबेर्टोको नाममा पाराग्वेको पासपोर्ट भेटाएको थियो।

एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए। रोनाल्डिनोसँग गत २०१८ देखि ब्राजिलको पासपोर्ट थिएन।

सन्२०१८मा वातावरणीय क्षतिको जरिवाना तिर्न नसक्दा उनको पासपोर्ट कब्जा गरिएको थियो। सन् २०१५मा लाइसेन्सबिना नै पोखरीमा माछाको जाल बनाएपछि उनलाई ८.५ मिलियन डलर तिर्न लगाएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्