दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले प्रधानमन्त्री ओलीको शरिरमा राम्रोसँग काम गरिरहेको छ – चिकित्सक

Machchapuchchre Bank

काठमाडाैं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको शरिरमा दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। उनको उपचारमा संलग्न चिकित्सक डा. प्रेम ज्ञवालीले मिर्गौलाले राम्रोसँग काम गरिरहेको जानकारी दिएका हुन्।

प्रधानमन्त्रीको मिर्गौलाले राम्रोसँग काम गरेको छ। हिजो ३ बजेदेखि अहिलेसम्म १० लिटर भन्दा बढी पिसाब फेरिसक्नुभएको छ। उहाँको शरीरमा रहेको जम्मा भएको फोहर पदार्थ र पिसाब गएको हो’ उनले भने ‘सामान्य मानिसले डेढदेखि दुइ लिटरसम्म पिसाब फेर्छन्।यही गतिमा मिर्गौलाले काम गर्यो भने धेरै राम्रो हुन्छ।’

सोमबार अस्पताल भर्ना भएका ओलीलाई समिक्षा संग्रौलाले आफ्नो मिर्गौला प्रदान गरेकी थिइन्। अब अरू कुनै समस्या नदेखिए आजबाट उनलाई मुखबाट तरल खानेकुरा दिइनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्