डा. खतिवडा पुन: अर्थमन्‍त्रीमा नियुक्त, आजै अपरान्ह ४ बजे सपथग्रहण हुने

Machchapuchchre

काठमाडौं। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडा आज पुन : नियुक्ति भएका छन्। राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार राजीनामा दिएका खतिवडालाई पुन स् सोही पदमा मन्त्री बन्न लागेका हुन्।

संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बन्न लागेका हुन्। त्यसका लागि आज दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा उनको सपथको तयारी सुरु भएको छ।

उनी गैह्र सांसदबाट मन्त्री बन्ने पहिलो व्यक्ति बन्नेछन्। ६ महिनाभित्र उनी संघीय संसद अन्तरगतको प्रतिनिधी सभा तथा राष्ट्रिय सभामध्ये कुनै एकमा सांसद नबने उनको पद स्वतः समाप्त हुने छ।

संविधानको यही व्यवस्था अनुसार उनलाई मन्त्री पदमा नियुक्त गरिएको पत्र प्रधानमन्त्री केपी ओलीले आफ्नो मिर्गौला पूनः प्रत्यारोपण सुरु गुर्न अगाडि नै बुधबार बिहान राष्ट्रपति कार्यालय पठाइसकेको स्रोतको भनाइ छ।

राष्ट्रिय सभाका दुई वर्षे कार्यकाल मंगलबार सकिएपछि उनले मंगलबारनै प्रधानमन्त्रीलाई अस्पतालमा भेटेर राजीनामा बुझाएका थिए।

वहालवाला मन्त्रीको सांसदको पदावधी सकिए उनको पुनस् नियुक्ति गर्नुपर्ने र सपथ गराउनु पर्ने कानुनविद्को तर्कपछि खतिवडाले मंगलबार राजीनामा बुझाएका थिए। खतिवडाको राजीनामा स्वीकृत गरेर दुवै मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार तोकेकी थिइन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्