यात्रु वाहक सवारीक लागि बायाँ लेन र निजि वाहाक सवारीका लागि दाहिने लेन

Machchapuchchre

अर्थ राजनीति । सुर्यविनायक जडीबुटी ६ लेन सडक खण्डमा नयाँ नियम २०७६ साल फल्गुन्को १४ गते देखि लागु गरिएको छ । भक्तपुरको सडकमा अनुशासनको पालाना नभएको र जथा भावि सवारी साधान चलाउने गरेकोले त्यसबाट हुने दुर्घटनालाई कम गर्नको लागि नयाँ नियम लागु गरिएको हो ।  सुर्यविनायक जडीबुटी ६ लेन सडक खण्डमा यात्रु वाहक करमाल वाहक रकम गतिमा गुड्ने सवारी साधनहरु बायाँ लेन र निजिरसाना सवारी साधनहरु सधै दाहिने लेनबाट मात्र चलाउने नयाँ व्यवस्था गरिएको छ । सडक दुर्घटना नियन्त्रणसंगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृति वसाउन यो नियम लागु गरिएको जानकारी छ ।  नियम नमान्ने सवारी चालकलाई एक १,५०० रुपैया सम्म जरिवाना गर्ने सक्ने र सो भन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने जानकारी छ । यो नियम लागु भएसंगै सवारी दुर्घटनामा न्यूनीकरण आउने देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्