दैनिक २ लाख बढी भत्ता बैठक छाड्ने सांसद्का लागि

Machchapuchchre

अर्थ राजनीति । बैठक छाड्ने सांसद्का लागि दैनिक २ लाख बढी भत्ता खर्च हुने गरेको छ ।  सांसद्ले हाजिर गरेपछि दैनिक दुई हजार रुपैयाँ भत्ता पाउँछन् ।  सांसदहरू हाजिर गर्दै बाहिरिँदा गणपूरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक सञ्चालनमै कठिनाइ भएको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद् नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगित गरेका जानकारी छ ।  गत १३ गते एक सय ८१ जना सांसद्ले हाजिर गरेका छन्  ।  तर त्यस दिन बैठकमा गणपूरक संख्या यकिन गर्न घण्टी बजाउँदा मात्र ५८ सांसद् उपस्थिति थिए ।  अर्थात् हाजिर गरेर एक सय २३ सांसदले बैठक छाडेका थिए । यस हिसाबमा त्यस दिन बैठकमा अनुपस्थित ती सांसदलाई दुई लाख ४६ हजार रुपैयाँ भत्ता दिनुपर्नेछ ।

स्रोत: कान्तिपुर पत्रिका

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्