लक्ष्मीप्रपन्न निरौला कृषि बैंकको अध्यक्ष पदमा नियुक्त

Machchapuchchre

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक र प्रवक्ता पनि थिए । अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको व्यवस्थापन समितिका सदस्य सचिव पनि रहेका थिए । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी सञ्चालक नियुक्त भएका हुन् । त्यसपछि बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। उनले अध्यक्षका लागि पद तथा गोपनियताको सपथ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालबाट गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्