थप ५३८ सङ्क्रमित, कुल दशहजार ९९, थप एककाे मृत्यु

अर्थ राजनीति ~  पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । यस्तै, थप ७६ जना […]

अख्तियारको क्षेत्राधिकार वृद्धि गरि निजि क्षेत्रमा घुस्ने दाउमा सरकार

अर्थ राजनीति ~ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पब्लिक कम्पनी तथा निश्चित निजी क्षेत्रका अनियमितता पनि हेर्न पाउने गरी ऐन संशोधन अगाडि बढेको छ । सर्वसाधारणमा सेयर जारी गरेका कम्पनीसमेत अब अख्तियारको अधिकार क्षेत्रभित्र दिने गरी ऐन संशोधन विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । प्रतिवेदनअनुसार विधेयक पारित भए प्रचलित कानुनबमोजिम स्थापित बैङ्क तथा वित्तीय संस्था, बीमा, […]

पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारी भन्ने स्थानमा पहिरोले ५ वटा सवारी साधन पुरियो

अर्थ राजनीति ~  पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारी भन्ने स्थानमा पहिरोले ५ वटा सवारी साधन पुरेको छ । ५ वटा सवारी साधनमा के कति मानिसहरु थिए भन्ने यकिन भइसकेका छैन भने २ जनाको शव फेला परेको छ भने घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । सदरमुकाम तानसेनदेखि […]

प्रत्येक दिन, प्रत्येक कर्मचारीलाइ घरमा बसेर काम गर्न चाहनु हुन्छ कि अफिस आएर भनि सोद्ने गरेका छौ : सीइओ सिभिल बैंक (भिडियो सहित)

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु झन् ब्यस्त रहेको बताउनु भएको छ । कर्मचारी हरुको स्वास्थका बारेमा आफु हरतरहले सचेत रहेको र कोरोना बिरुद्द लड्न अपनाउनु पर्ने उपायहरु अपनाईरहेको बताउनु भएको छ । आफ्नो बैंकले […]

अहिलेसम्मकै सबैभन्दा उच्च ; एकैदिन ८३ हजार नयाँ संक्रमित

अर्थ राजनीति ~ विश्वभरि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितको पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आइतबार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । उक्त सङ्ख्या चौबिस घण्टाभित्र नयाँ सङ्क्रमित पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा उच्च हो । संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य सम्बन्धी निकायले ब्राजिलमा सबैभन्दा बढी सङ्क्रमित फेला […]

मनसुन सक्रिय हुँदा देशभर वर्षा

अर्थ राजनीति ~ मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । प्रदेश १, […]

स्याङजा र नवलपुमा आज थप २० जना कोरोना संक्रमित थपिए

अर्थ राजनीति ~  गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा १२ जना र नवलपुरमा ८ जना संक्रमित भएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ । उनीहरु सबै भारतबाट फर्किएको हुन् । गण्डकीका ११ वटै जिल्लामा कोरोना […]

थप ४२१ सङ्क्रमित, कुल नाै हजार २६, थप एककाे मृत्यु

अर्थ राजनीति ~  नेपालमा थप ४२१  जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका हुन् । थप १९४ जना निकाे भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज […]

ग्रहण केहो ? के गर्ने के नगर्ने ? कुन राशिलाइ राम्रो ? यसबाट बच्ने उपाय के ?

अर्थ राजनीति ~ ग्रहण विशेषतः धेरै साधारण व्यक्तिको लागि बुझ्नको लागि कठिन बिषय मानेको छु | ग्रहण खासगरी खग्रास तथा खण्डग्रास गरि २ प्रकारको हुन्छ | सुर्य ग्रहण जब चन्द्रमा सुर्यको अगाडीबाट जादै हुनेछ र पृथ्वीलाइ उत्त समयमा छेक्नेछ भने यसलाई हामि सुर्य ग्रहण भन्छौं र जब आंशिक रुपमा छेक्नेछ यसलाई हामी खण्डग्रास भन्छौं तर […]

उपत्यकामा ८ सहित थप ३३१ जना सङ्क्रमित, कुल आठ हजार ६०५

  अर्थ राजनिती ~ नेपालमा थप ३३१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित आठ हजार ६०५  पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । थप १७८ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक हजार ५८८ निकाे भएका छन् । रेड जाेनमा ५०६ जना […]