प्रत्येक दिन, प्रत्येक कर्मचारीलाइ घरमा बसेर काम गर्न चाहनु हुन्छ कि अफिस आएर भनि सोद्ने गरेका छौ : सीइओ सिभिल बैंक (भिडियो सहित)

Machchapuchchre

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु झन् ब्यस्त रहेको बताउनु भएको छ । कर्मचारी हरुको स्वास्थका बारेमा आफु हरतरहले सचेत रहेको र कोरोना बिरुद्द लड्न अपनाउनु पर्ने उपायहरु अपनाईरहेको बताउनु भएको छ । आफ्नो बैंकले प्रत्येक कर्मचारीलाइ प्रत्येक दिन घरमा बसेर वा अफिस आएर काम गर्न चाहेको, कोभिड संक्रमित संग सम्पर्क भए नभएको लगायत विभिन्न प्रस्न सोद्ने गरेको जानकारी गराउनु भएको छ ।     सम्पूर्ण दृस्टीकोण बाट सिभिल बैंक राम्रो अबस्थामा रहेको र आकारमा सिभिल बैंक सानो भएपनि सवल रहेको जिकिर गर्नु भएको छ । त्यस्तै सहुलियत दरका कर्जा लिन ऋणीमा के कस्ता गुण हुन आबस्यक हुन्छ, बृस्तृतमा चर्चा गर्नु भएको छ । साथै सिभिल बैंकले अहिले सेवाग्राहीलाइ प्रदान गरिरहेको सेवाका बारेमा समेत जानकारी गराउनु भएको छ । निक्ष‍ेप कर्ता र ऋणीहरुको आबस्यकता लाइ अध्ययन गरि मध्यस्त बिन्दु खोज्नु पर्ने कुरा औल्याउनु भएको छ ।

नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्