अहिलेसम्मकै सबैभन्दा उच्च ; एकैदिन ८३ हजार नयाँ संक्रमित

Machchapuchchre

अर्थ राजनीति ~ विश्वभरि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका सङ्क्रमितको पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आइतबार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । उक्त सङ्ख्या चौबिस घण्टाभित्र नयाँ सङ्क्रमित पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य सम्बन्धी निकायले ब्राजिलमा सबैभन्दा बढी सङ्क्रमित फेला परेको जनाएको छ । ब्राजिलमा आइतबार चौबीस घण्टाभित्र ५४ हजार ७७१ नयाँ बिरामी पुष्टि भएका छन् । संयुक्त राज्य अमेरिकामा ३६ हजार ६१७ र भारतमा १५ हजार ४०० नयाँ सङ्क्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले हालसम्म ८७ लाख ८ हजार आठ जना सङ्क्रमित भएको जनाएको छ । विश्वभरि चार लाख ६१ हजार ७१५ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ७४३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्