स्याङजा र नवलपुमा आज थप २० जना कोरोना संक्रमित थपिए

Machchapuchchre

अर्थ राजनीति ~  गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा १२ जना र नवलपुरमा ८ जना संक्रमित भएका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ । उनीहरु सबै भारतबाट फर्किएको हुन् ।

गण्डकीका ११ वटै जिल्लामा कोरोना संक्रमण भेटिएको छ । बागलुङमा १ सय १७ जना, नवलपुरमा १ सय ४० जना, स्याङजामा ९६ जना, कास्कीमा १७ जनामा कोरोना पुष्टि भइसकेको छ ।

मनाङ र मुस्ताङ र लमजुङमा हालसम्म एक एक जनामा संक्रमण भएको छ ।

आज बिहानको तथ्यांक अनुसार हालसम्म प्रदेशमा ५५ जना निको भएका छन् भने एक जना पुरुषको मृत्यु भएको छ ।

यता झापामा पनि २ वर्षिया बालिकासहित २ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्