पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारी भन्ने स्थानमा पहिरोले ५ वटा सवारी साधन पुरियो

Machchapuchchre

अर्थ राजनीति ~  पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारी भन्ने स्थानमा पहिरोले ५ वटा सवारी साधन पुरेको छ ।

५ वटा सवारी साधनमा के कति मानिसहरु थिए भन्ने यकिन भइसकेका छैन भने २ जनाको शव फेला परेको छ भने घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा रिडी–तानसेन सडकमा गएको पहिरोमा एउटा ट्यांकर, २ वटा बुलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार परेका हुन् ।

पहिरो पन्छाउने क्रममा माथिबाट खसेको पहिरोले थप क्षति पुर्‍याएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्थानीयहरु उद्धार तथा खोजीमा जुटेका छन् । पहिरो डेढ सय मिटर लामो रहेको छ । अविरल वर्षाका कारण पहिरो हटाउन कठिनाई भईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्